अनेरास्ववियुले गर्‍यो ओली–महतोको पुत्ला दहन [तस्बिरहरु]

काठमाडौं । माधवकुमार नेपालपक्षीय अनेरास्ववियुले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरेको छ । ‘बहुल राष्ट्रिय राज्यको स्थापना लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरिने’ मन्त्री महतोको अभिव्यक्तिविरुद्ध सडकमा ओर्लिएको अनेरास्ववियुले प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री महतोको पुत्ला दहन गरेको हो ।

महतोले शुक्रबार पदभार ग्रहण गर्दै ‘बहुल राष्ट्रिय राज्यको स्थापना लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरिने’ पार्टीको एजेन्डा भएको बताएका थिए । त्यसपछि एमाले नेताहरु योगेशकुमार भट्टराई, गोकर्ण विष्टलगायतले आपत्ति जनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *