विश्व वातावरण दिवस

तस्बिरमा लाङटाङ-गोसाइकुण्ड

काठमाडौं । ‘प्राकृतिक प्रणालीको पुनःस्थापना’ नाराका साथ विश्व वातावरण दिवस शनिबार (आज) मनाइँदै छ । संयुक्त राष्ट्र संघले आह्वान गरेबमोजिम सन् १९७४ देखि प्रत्येक जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा मनाउन थालिएको हो । नेपालमा पनि वातावरण र पर्यावरणसम्बन्धी सचेतना जगाउने कार्यक्रम गरी दिसव मनाउने गरिएकाे छ ।

यस वर्ष पारिस्थितिकीय प्रणाली पुनःस्थापनका विषयमा केन्द्रित हुँदै ‘नयाँ सोच र सिर्जनाका साथ प्राकृतिक प्रणालीको पुनःस्थापनाका लागि विश्व वातावरण दिवस’ मनाउने तय थियो । तर, कोभिड–१९ संक्रमणका कारण यो दिवसलाई विगतकोजस्तो मनाउन सकिएन।

दिवसकाे अवसरमा वातावरण विभागले भने वातावरण संरक्षणका उपलब्धिका विषयमा विज्ञ र सरोकारवालासँग भर्च्यूअल माध्यमबाट छलफल गरेको छ भने राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनका रूपमा लिनुपर्ने बताएकी छन् ।

विश्व वातावरण दिवसका अवसरमा लाङटाङ गोसाइकुण्डका केही तस्बिर:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *