चोटका कारण विम्बल्डनबाट बाहिरिए वावरिन्का

काठमाडौं । तीन पटकका ग्रान्डस्लाम विजेता स्टेन वावरिन्काले विम्बल्डन टेनिसबाट नाम फिर्ता लिएका छन्। खुट्टाको चोटका कारण उनले जारी फ्रेन्च ओपन समेत गुमाएका छन्।

३६ वर्षीय पूर्व विश्व नम्बर तीन वावरिन्काले वर्षको सुरुवातमा देव्रे खुट्टाको अप्रेसन गरेका थिए । उनी मार्चमा कतार ओपनको सुरुवाती चरणमा लियोड ह्यारिसँग पराजित भएपछि एटिपी टुरबाट समेत बाहिरिएका थिए ।

चोटका कारण वावरिन्काले अब विम्बल्डन टेनिस समेत गुमाउने भएका छन् । वावरिन्का विम्बल्डनमा २ पटक क्वाटरफाइनलसम्म पुगेका छन् । वावरिन्काले अष्ट्रेलियन ओपन, युएस ओपन र फ्रेन्च ओपन समान एक-एक पटक जितेका छन् ।

स्वीस स्टार विम्बलडनमा भने दुई पटक क्वाटरफाइनलमा पुगेका छन् । तर उनले उपाधि जित्न सकेका छैनन् । चोटका कारण प्रतियोगिता खेल्न नपाउँदा उनी अहिले २४ औं बरियतामा पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *