इटालीको रवाफ, पोर्चुगल र स्पेनको बराबरी

काठमाडौं । विश्वकप पछि सर्वाधिक हेरिने  फुटबल  प्रतियाेगिता युरोकप नजिकिँदै जाँदा मैत्रीपूर्ण खेलमा इटालीले आफ्नो राम्राे प्रदर्शन जारी राखेको छ। पछिल्ला ८ खेलमा निरन्तर जित निकालेको इटालीले कुनैपनि गोल खाएको छैन। जुन क्रम उसले शुक्रबारपनि जारी राख्यो।

इटालीको घरेलु मैदानमा भएको खेलमा चेक रिपब्लिकलाई ४-० ले पराजित गर्दै इटालीले युरोकपमा आफ्नो बलियो उपस्थिति रहने स्पष्ट संकेत दिएको छ।

इटालीको जितमा किरो इमोबाइलले २३ औ मिनेटमा गोलको खाता खोलेका थिए। त्यसपछि निकोलो बारेलाले ४२ औ मिनेटमा दोस्रो गोल थपे। बाँकी दुई गोल दोस्रो हाफमा संभव भएको थियो।

लोरेन्जो इनसिग्नेले ६६ र डोमेनिको बेरार्डीले ७३ औ मिनेटमा गोल गरे । ६३ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेको इटालिले ७ सट टार्गेटमा प्रहार गर्दा ४ ओटा सटले जालि चुमेको थियो। चेक रिपब्लिकले भने फ्रेममा एउटा पनि प्रहार  गर्न सकेन।

स्पेन र पोर्चुगलको गोलरहित बराबरी
१४ हजार ७४३ समर्थकलाई मैदानमा प्रवेश दिएको खेलमा दुई दाबेदार स्पेनर र पोर्चुगलले भने मैत्रिपुर्ण खेलमा गोलरहित बराबरी खेलेका छन्। वार्मअप खेलका रुपमा रहेको प्रतियोगितामा स्पेनले खेल आफ्नो नियन्त्रणमा राखेपनि गोल गर्न भने असफल रह्यो। पोर्चुगल भने तुलनात्मक रुपमा रक्षात्मक अबस्थामा थियो।

११ जुनबाट सुरु हुने युरोकपमा यो पटक २४ टीमले सहभागिता जनाउने छन्।  प्रतियोगिता शुरु भएकाे ६० वर्ष पुगेको अवसरमा यो पटक युरोपका ठूला ११ शहरमा खेलहरु हुने तय भएको छ। युइएफएले लण्डन, आम्स्टरडम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *