करेन्ट लागेर एकको मृत्यु

झापा । झापा कचनकवल गाउँपालिका ६ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । स्थानीय ४० वर्षीय डोलु आलम मियाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबारसाँझ श्याम भेटवालको घरमा धान काट्न आएका उनलाई ‘कल’मा पानी खाने क्रममा मोटरबाट करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाईते भएका मियाँको उपचारको लागी लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 16 =