पुनः पद स्थापना गरिपाउँ भन्दै सर्वोच्च पुगे कृष्ण थापा

काठमाडौं । राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका प्रदेश सभा सदस्यबाट हटाइएका सांसद कृष्ण थापा सर्वोच्च अदालत पुगेका छन् । आफूलाई सांसदबाट हटाइएको भन्दै थापा रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् ।

उनको रिट शुक्रबार (आज) दर्ता भएको छ । रिटमा सांसद थापाले पद पुनःस्थापना गरिपाउँ भन्ने माग गरेका छन् । ‘मलाई संसदीय दलको बैठक नै नबसी हटाइएको छ’, थापाले मकालु खबरसँग भने— ‘त्यसैले यता आएँ ।’

त्यसअघि थापालाई संसदीय दलको नेता, केन्द्रीय सदस्य र पार्टी साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको थियो । गण्डकी प्रदेश सभामा तीन सदस्य रहेको जनमोर्चामा थापा कारबाहीमा परेपछि सचेतक पियारी थापालाई दलको नेताको जिम्मेवारी दिइएको छ ।

सांसद थापाले एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावको पक्षमा समर्थन जनाउन मानेका थिएनन् । उनले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन दाबीपत्रमा हस्ताक्षर गर्नसमेत नमानेपछि जनमोर्चाको बिहीबारको केन्द्रीय कमिटी बैठकले कारबाहीको निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *