एक महिनायता भएका महिला हिंसामध्ये ७ प्रतिशत हत्या, २३ प्रतिशत बलात्कार

काठमाडौं । पछिल्लो एक महिनामा महिला हिसांका २०० घटना सार्वजनिक भएका छन् ।

वैशाख १६ देखि जेठ १५ गतेसम्म २०० जना महिला तथा बालिकामाथि विभिन्न प्रकारको हिंसा भएको पाइएको महिला पुनलस्थापना केन्द्र (ओरेक)ले जनाएको छ ।

ओरेकले सार्वजनिक गरेको तथ्याङ्कमा सबैभन्दा बढी घरेलु हिंसा ४५ प्रतिशत भएको पाइएको छ । यस्तै हत्या ७ प्रतिशत, बलात्कार २३ प्रतिशत, सामाजिक हिंसा ८ प्रतिशत, बलात्कारको प्रयास १ प्रतिशत, यौन दुर्व्यवहार ३ प्रतिशत, मानव बेचबिखन १ प्रतिशत, हत्या प्रयास ३ प्रतिशत, आत्महत्या २ प्रतिशत र अन्य हिंसा ९ प्रतिशत रहेका छन् ।

हिंसा गर्नेमा ३७ प्रतिशत श्रीमान नै रहेको पाइएको छ । यस्तै परिवारका अन्य सदस्य २० प्रतिशत, छिमेकी १५ प्रतिशत, प्रेमी १० प्रतिशत, सेवा प्रदायक १ प्रतिशत, साथी एक प्रतिशत, शिक्षक १ प्रतिशत र १६ प्रतिशतको पहिचान खुल्न बाँकी व्यक्तिबाट भएको पाइएको छ ।

ओरेकद्वारा सञ्चालन गरिएका २ वटा हटलाइन, २३ जना मनोविमर्शकर्ता, महिला मानव अधिकार रक्षक, साझेदार महिला सामुदायीक संघसंसस्थाबाट यी घटनाहरु अभिलेखीकरण गरिएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + thirteen =