प्रदेश सांसदको कारको ठक्करबाट पैदल यात्रीको मृत्यु

काठमाडौँ । विराटनगरमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । ठक्कर दिने कार प्रदेश १ की प्रदेशसभा सदस्य विन्दिया कार्कीले प्रयोग गर्दै आएकी थिइन् ।

बिहीबार राति करिब साढे ७ बजे विराटनगरस्थित एयरपोर्ट मोड रोडमा कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३-०१-००२ च २१३९ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट पैदलयात्री ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको हो ।

कारको ठक्करबाट मोरङको कटहरी गाँउपालिका-२ का २७ वर्षीया राजकुमार राजवंशी घाइते भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । उनका अनुसार सांसद कार्कीले प्रयोग गर्दै आएको सो गाडी उनका छोरा रोविन कार्कीले चलाएकाे हुनसक्ने अनुमान छ ।

तर प्रहरीले कार चलाउने कार्की नै रहेको वा अन्य कोही थिए भन्ने यकिन गर्न बाँकी रहेको जनाएको छ । घटनालगत्तै रोविन फरार छन् । गाडीमा कार्कीसँगै अरु दुई युवती पनि रहेको बताइन्छ । दुर्घटनापछि फरार चालकको खोजी सुरु गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =