डिसहोमको नयाँ अभियान ‘मेरो मनको दोस्रो देश’

काठमाडौ । डिसहोमले आफ्नो नयाँ अभियान ‘मेरा मनको दोस्रो देश‘ शुरु गरेको छ । नजिक आइरहेको युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता यूईएफए यूरो २०२० का फुटबल प्रेमी दर्शकहरुलाई लक्षित गरि डिसहोमले उक्त अभियान शुरु गरेको हाे ।

गत वर्ष महामारीको कारण रद्ध गरिएको यूईएफए यूरो २०२० यस वर्ष प्रसारण गर्न डिसहोम सम्पूर्ण रुपमा तयार रहेको छ । दर्शकहरुले यो फुटबल प्रतियोगिता डिसहोमको एच.डि च्यानल एक्सन स्पोर्टस्मा हेर्न सक्ने जनाएको छ । सामाजिक संजालहरुमा मेरो मनको दोस्रो देश ट्रेन्ड गराइ यस योजनाले फुटबल प्रतियोगितालाई दर्शकहरु बीच रोमान्चकारी बनाउने छ ।

यस अन्तर्गत फ्यानहरुले आफूँले प्रशंसा र समर्थन गरेको आफ्नो मनको दोस्रो देशलाई ट्याग गर्न सक्दछन् । यस माध्यमबाट उनीहरुले आफ्नो पक्ष र विपक्ष टीमलाई अरु कसले समर्थन गरिरहेका छन् भन्ने बारे जानकारी प्राप्त गन सक्ने जनाएको छ । हरेक नागरिकको अनन्त प्रेम र समर्थन आफ्नै देशका लागि हुन्छ भने खेलमा भाग नलिएका देशका नागरिकको पनि आफ्नै समर्थनको दोस्रो देश हुन्छ ।

यस अभियानले प्रशंसकहरुलाई उनीहरुको दोस्रो देशको साथ खेलमा आनन्दित हुने अवसर सिर्जना गर्दछ । यस अभियानबाट डिसहोमले समय समयमा कुन देशका सबै भन्दा धेरै समर्थक छन् भन्ने विवरण पनि निकाल्ने जनाएको छ । जुन ह्यास्ट्यागरको मनको दोस्रो देश फाइनलमा जान्छ र खेल जित्छ, उनैले भाग्यशाली ड्र मार्फत बम्पर इनाम पनि जित्नेछ । यस बाहेक, फ्यानहरुले सामाजिक संजालमा प्रतियोगिताको भविष्यवाणीमा भाग लिइ विभिन्न उपहारहरु जित्न सक्न जनाएको छ ।

अभियानमा भाग लिनका लागि सहभागीहरुले डिसहोमको फेसबुक पेज लाइक गर्नुपर्नेछ । सहभागीहरुले आफ्नो फेसबुकको पोस्टमा अनिवार्य रुपमा ‘मेरा मनको दोस्रो देश गर्नुपर्नेछ र आफूले समर्थन गरेको देशको नाम उल्लेख गर्नुपर्नेछ । खेलको बीच अन्तरालमा समर्थन गरिएको देश परिवर्तन गर्न पाइने छैन । प्रतियोगिताको क्वाटरफाइनल सम्मको ह्यास्ट्याग मात्र लक्की ड्रमा गणना हुनेछ ।

सहभागीहरुले खेलको अन्त्यसम्म आफ्नो मनको देशलाई समर्थन गरी ‘मेरा मनको दोस्रो देश संगै खेल सम्बन्धित पोस्ट गर्न सक्ने जनाएको छ । विजेता राष्ट्र, पहिलो रनर राष्ट्र र दोस्रो रनर राष्ट्र गरी तीन राष्ट्रका समर्थकले लक्की ड्रबाट बम्पर पुरस्कार जित्नेछन् । विजेताहरुको घोषणा डिसहोमको फेसबुक पेजमा लक्की ड्रको माध्यमबाट हुनेछ ।

डिसहोम नेपालको सबैभन्दा ठूलो एचडी र डिजिटल टेलिभिजन च्यानलहरुको प्रसारण र प्रसारण सेवाको सञ्चालक हो । नेपालको ७७ जिल्लाहरुमा सेवा सञ्चालन भएसंगै यो नेपालको संपूर्ण बजारहरुमा सक्रिय रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *