ढुंगा, गिटी, बालुवा निकासी सरकारको नीतिगत भ्रष्टाचार हो, सफल हुन दिन्नौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले ल्याएको बजेटमा नेपालको ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने’ कार्यक्रम घुसाएर आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको आरोप लगाएका छन् ।

बुधबार ट्वीट गर्दै नेता थापाले असंवैधानिक सरकारले जस्केलाबाट ल्याएको बजेट भन्दै उक्त बजेटमा नेपालको ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने’ कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको भन्दै त्यसलाई सफल हुन नदिने बताएका हुन् ।

त्यस्तै उनले वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशील छ भन्ने प्रष्ट भएको समेत बताएका छन् ।

‘संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा ‘नेपालको ढुङ्गा,गिट्टी,बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने’कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको छ । वातावरण र चुरे संरक्षणमा सरकार कतिअसंवेदनशील छ प्रष्ट भएको छ,’ उनले लेखेका छन्, ‘यो ‘नीतिगत भ्रष्टाचार हो’।आफ्ना ‘यार’लाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुन:छर्लङ्ग भएको छ । चुरे क्षेत्र तहस नहस पारेर तराईलाई मरभुमिकरण गर्न उद्धत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटक पटक रोकेको हो।यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्नेछौँ ।’

साथै अदालतको आदेश, संसदीय समितिका पटक पटकका निर्देशन र नागरिक खवरदारीलाई अन्देखा गर्दै ल्याइएको जनविरोधी कार्यक्रमलाई जनप्रतिनिधिले विरोध गर्ने भन्दै आम जनता, सञ्चारजगत र सचेत नागरिक समाजलाई यसको प्रतिरोध गर्नका लागि आह्वान गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 9 =