फ्रान्सले दिएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो [तस्बिरहरु]

काठमाडौँ । फ्रान्स सरकारले कोभिड-१९ रोकथामका लागि सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल ल्याइएको छ । कोभिड महामारी विरुद्धका सामग्री लिएर विशेष जहाज काठमाडौं आइपुगेको हो ।

फ्रान्सले एफएफपी २ मास्क ५ लाख ४ हजार थान, २० हजार २२५ थान एन्टीजेन किट, प्रोटेक्सन चश्मा १२ थानलगायतका सामग्री नेपाल पठाएको हो । उक्त सामग्री त्रिभुवन विमानस्थलमा बुधबार नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइस जेभियरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

सो अवसरमा स्वास्थ्यमन्त्री त्रिपाठीले सहयोगको लागि फ्रान्स सरकार र त्यहाँका नागरिकलाई धन्यवाद दिए । फ्रान्स र युरोपेली युनियनलाई कोभिडविरुद्धको खोपको लागि सहजीकरण गरिदिन पनि मन्त्री त्रिपाठीले आग्रह गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *