चौधरी उद्योगग्रामको बियर प्लान्टमा आगलागी

काठमाडौं । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा अवस्थित चौधरी उद्योग ग्राममा आगलागी भएको छ । उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको हो ।

बुधबार बिहान ८ः२० बजेबाट आगो लाग्न सुरु गरेको र अहिले नियन्त्रण बाहिर छ । प्रहरी, दमकल र कामदारहरुले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

अहिलेसम्म बोटलिङ प्लान्ट र गोदाममा आगो लागेको उद्योगका प्रशासन प्रमुख दामोदर पौडेलले बताए । आगलागीको कारण खुलेको छैन । क्षतिको विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − thirteen =