थप ६८९८ जना कोरोनामुक्त, ६०८५ मा संक्रमण, ६८ को मृत्यु
२०७८ जेठ १८ गते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८९८ जना संक्रमित निको भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ ।
मंगलबार ६ हजार ८५ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । योसँगै हालसम्म कोरोना संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ ।
देशभरका प्रयोगशालामा १७ हजार १४७ जनाको पिसिआर र ३ हजार १८ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ५ हजार २८५ जना र एन्टीजेटमार्फत ८०० जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर एक लाख ४ हजार ७८९ जना सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ६८ जना संक्रमितको मृत्यु भएको छ ।
२०७८ जेठ १८ गते
प्रतिक्रिया
सम्बन्धित









