लुम्बिनी प्रदेश

दृगनारायण पाण्डे राष्ट्रिय सभा सदस्यमा निर्वाचित

काठमाडौं । लुम्बिनी प्रदेशमा सोमबार (आज) भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डे बिजयी भएका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराएका हुन् । नेता फखरुद्धिन खानकाअनुसार पाण्डेयले ४ हजार १ सय ४० मतभार ल्याउँदा खण्डकाले ३ हजार ५ सय ९४ मात्रै ल्याए । योसँगै पाण्डेयले खड्कालाई ५ सय ४६ मतभारले पराजित गरेका हुन् ।

कांग्रेस उम्मेदवार पाण्डेयलाई नेकपा माओवादी केन्द्र, विपक्षी एमाले, उपेन्द्र यादवपक्षीय जसपा र राष्ट्रिय जनमोर्चाले साथ दिएको थियो ।
२ सय ९७ जनाले मतदान गरेका थिए । त्यसमध्ये स्थानीय तहतर्फ खसेको २ सय १२ मध्ये १ मत बदर भएको थियो ।

२११ मतमध्ये पाण्डेयले ११८ मत पाए भने एमालेका उम्मेदवार खड्काले ९३ मत ल्याए । यस्तै प्रदेश सभाका ८३ मतमध्ये पनि १ मत बदर भएको नेता खानले बताए । जहाँ, पाण्डेयले ४२ मत ल्याए भने खड्काले ४० मत प्राप्त गरे ।

यसअघि जेठ ६ मा बागमती प्रदेशमा भएको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनमा पनि एमालेका उम्मेदवार पराजित भएका थिए । एमालेका उम्मेदवार रामबहादुर थापालाई विपक्षी गठबन्धनका उम्मेदवार डा. खिमलाल देवकोटाले पराजित गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *