मोरङमा निषेधाज्ञाको अवधि जेठ २४ सम्म थप
२०७८ जेठ १६ गते

फाइल तस्बिर
मोरङ । मोरङ प्रशासनले जारी निषेधाज्ञालाई जेठ २४ गतेसम्म बढाएको छ । चौथौं पटक थपिएको निषेधाज्ञाको समय भोली सोमबार राति १२ बजेसम्म थियो । जिल्ला प्रशासन कार्यालय मोरङले ७ दिन निषेधाज्ञा थपेको हो ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम प्रशासनले निषेधाज्ञा थप गरेको जनाइएको छ ।
छिमेकी झापा र सुनसरी जिल्लाले पनि निषेधाज्ञाको अवधि बढाइसकेका छन् । मोरङसहितका यी तीन जिल्ला कोरोना संक्रमण सबैभन्दा धेरै भएका जिल्ला हुन् ।
कोभिड-१९ को महामारीको दोस्रो लहर सुरु भएसँगै निषेधाज्ञा लगाउन चर्को दबाब परेपछि मोरङ प्रशासनले पहिलो पटक वैशाख १८ गते राति १२ बजेदेखि निषेधाज्ञा लगाएको थियो ।
२०७८ जेठ १६ गते
प्रतिक्रिया
सम्बन्धित









