ट्विटरले मानेन भारतको नयाँ डिजिटल नियम

नयाँ दिल्ली । भारत सरकारको कडाइपछि गूगल, फेसबुक, ह्वाट्सएपलगायतका धेरै सोसल मिडिया कम्पनी नियम मान्न बाध्य भएको छ । गूगल, फेसबुक, ह्वाट्सअपले भारत सरकारको नयाँ डिजिटल नियमअन्तर्गत रहेर सूचना प्रविधि मन्त्रालयमा आवश्यक विवरण बुझाएका छन् । तर ट्विटरले भने उक्त नयाँ नियमको पालना गरेको छैन । नयाँ नियमअनुसार त्यो व्यक्तिमात्र सोसल मिडिया कम्पनीको कर्मचारी हुन पाउँछ‚ जो भारतमा नै कार्यरत छ ।

भारतीय स्रोतका अनुसार धेरैजसो ठूला सोसल मिडिया फोरमहरुले कम्पनीका प्रमुमख अधिकारी, नोडल सम्पर्क व्यक्ति र उजुरी लिने अधिकारीहरूको विवरण मन्त्रालयलाई बुझाइसकेका छन् । तर जानकारीअनुसार ट्विटरले अहिलेसम्म मन्त्रालयलाई आफ्नो कम्पनीका प्रमुख अधिकारीहरूको विवरण दिएको छैन । साथै कानुनसम्बन्धी काम गर्ने अधिवक्ता‚ केही अधिकारी र गुनासो सुन्ने अधिकारीको नाम दिइएको छ ।

जानकारीका अनुसार सरकारले यसलाई अस्वीकार गरेको छ । सरकारले यो केन्द्रको दिशानिर्देशअनुरुप छैन भन्दै अस्वीकार गरेको हो । केन्द्रीय सरकारको कडाइपछि धेरै जसो कम्पनीहरुले प्रावधानको केही अंशको भने पालना गर्ने बताएका थिए । लिंक्डइन (माइक्रोसफ्टको स्वामित्वमा रहेको)‚ टेलिग्राम, गूगल, फेसबुक र ह्वाट्सएपले मन्त्रालयसँग उनीहरुको कम्पनीमा कार्यरत प्रमुख अधिकारीहरूको विवरण बुझाएका छन् ।

भारत सरकारले ट्विटरले भारतको छवि बिगार्नका लागि निराधार आरोप लगाइरहेको र विश्वको सबैभन्दा ठूलो प्रजातन्त्रिक देशमा विभिन्न शर्त थुपार्न खोजिरहेको आरोप लगाएको छ । यसअघि ट्विटरले दिल्ली प्रहरीले उनीहरुको कार्यालयमा आएर धम्क्याउने प्रयास गरेको आरोप लगाएको थियो । चाखलाग्दो कुरा के छ भने‚ नयाँ नियमअन्तर्गत भने अब सोसल मिडिया कम्पनीमा भारतमा कार्यरत व्यक्ति नै कर्मचारी हुनुपर्दछ । स्रोतका अनुसार धेरैजसो ठूला सोसल मिडिया फोरमहरूले मुख्य अधिकारीहरूको विवरण मन्त्रालयमा बुझाइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *