कोरोनाबाट त्रिविका २३ जना शिक्षक कर्मचारीको मृत्यु, ६१६ जना संक्रमित

काठमाडौं । कोभिड-१९ को दोस्रो लहर शुरु भएयता त्रिभुवन विश्वविद्यालयमा कार्यरत २३ जना शिक्षक कर्मचारीले ज्यान गुमाएका छन् । जसमा १२ कर्मचारी र ११ जना शिक्षक रहेको त्रिविका सूचना अधिकारी योगेन्द्रप्रसाद दाहालले जानकारी दिएका छन् । अहिलेसम्म ६ सय १६ जना शिक्षक कर्मचारीलाई कोरोना संक्रमण भएको दाहालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

ज्यान गुमाउनेमा सहप्राध्यापक दुईजना, उपप्राध्यापक पाँचजना, शिक्षण सहायक दुईजना र आंशिक शिक्षक दुईजना छन् । त्यस्तै कर्मचारीतर्फ महाशाखा प्रमुख एकजना, उपप्रशासक एकजना, शाखा अधिकृत पाँचजना र कार्यालय सहयोगी पाँचजना छन् ।

देशका अधिकांश स्थानमा निषेधाज्ञा लागू गरिएकाले त्रिविअन्तर्गतका सबै निकाय प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ ।

भौतिक उपस्थितिमा पठनपाठन र परीक्षा स्थगित गरि वैकल्पिक माध्यमबाट पठनपाठनलाई अगाडि बढाइरहेको त्रिविले जनाएको छ ।

विश्वविद्यालयका ७९ शिक्षक संस्थाहरुमा पूर्णरुपमा अनलाइन कक्षा सञ्चालनमा रहेको र ३० वटा निकायबाट आंशिक रुपमा अनलाइन कक्षा सञ्चालन भइरहेको पनि त्रिविले जनाएको छ । चारवटा निकायमा अनलाइन कक्षा सञ्चालनको तयारी र रोकिएका परीक्षा सञ्चालनको गृहकार्य भइरहेको त्रिविले जनाएको छ ।

यसैगरी त्रिवि अन्तर्गतका अस्पतालहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी कोरोनाबाट संक्रमितहरुको उपचारमा सक्रियतापूर्वक संलग्न रहेको र आगामी दिनमा समेत उपचार कार्यमा विश्वविद्यालयका अस्पतालहरुबाट हुन सक्ने र गर्न सकिने सबै प्रकारको सहयोग गर्न विश्वविद्यालय प्रतिवद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

No description available.

No description available.

सम्बन्धित समाचार

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *