प्रदेश १

बजेट अधिवेशन बोलाउन माग गर्दै विपक्षी दल प्रदेश प्रमुखकोमा

विराटनगर । सरकारलाई प्रदेश सभाबाट बजेट ल्याउने वातावरण बनाउन माग गर्दै प्रदेश १ का प्रतिपक्षीले प्रदेश प्रमुखसँग भेटेका छन् । प्रदेश सरकारले संविधानको पालना नगरेको भन्दै प्रदेश प्रमुख समक्ष छलफल भएको मुख्य प्रतिपक्षी दलको भनाई छ ।

प्रदेश सरकारले संविधानको पालना नगरेको, प्रदेश सभा नियमावली, प्रदेश आर्थिक नियमावली अनुसार पूर्व बजेट छलफल गर्नु पर्नेमा नगरेर चोरबाटोबाट बजेट ल्याउन खोजेको बारेमा प्रदेश प्रमुखसँग छलफल भएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले जानकारी दिए । संविधानमा भएको व्यवस्था अनुसार सरकारलाई संविधानको पालना, सचेत गराउन, प्रदेश प्रमुखलाई जानकारी गराईएको छ छैन भन्ने बारेमा भेटमा कुराकानी भएको उनले मकालु खबरलाई जानकारी दिए ।

बिहान झण्डै १ घण्टा भएको छलफलमा नेपाली कांग्रेसका संसदीय दलका नेता राजिव कोइराला, प्रमुख सचेतक केदार कार्की, सचेतक सुयर्माराज राई, माओवादी केन्द्रका सांसदहरु विजय विस्वास र कुशल लिम्बु तथा जसपा संसदीय दलका नेता जयराम यादव सहभागी थिए ।

प्रदेश सरकारको विपक्षमा कुरा गरिरहँदा संविधानको पालना गराउने दायित्व प्रदेश प्रमुखको भएको कारण प्रदेश प्रमुखले नै संबिधान र ऐन नियमको परिपालना गराउने भएकोले प्रदेश प्रमुखसँग भेट गरिएको जसपाका संसदीइ दलका नेता जयराम यादवले जानकारी दिए । यो महामारीको बेलामा सरकारले प्रदेश सभाबाट नै बजेट ल्याई सांसदको भावनाको कदर गर्नु पर्ने बारेमा प्रदेश प्रमुखलाई जानकारी गराईएको उनले बताए ।

प्रदेश सरकार कोरोना नियन्त्रणमा गम्भिर नभएको, संक्रमितको निःशुल्क उपचारमा ध्यान नदिएको बारेमा पनि प्रदेश प्रमुखलाई जानकारी गराइएको यादवले मकालुखबरलाई बताए । असार १ गते बजेट ल्याउनु पर्नेमा अहिलेसम्म बजेट अधिबेशन नबोलाएको, पूर्व बजेट छलफल नीति तथा कार्यक्रम ल्याउन चासो नदिएको, कोभिड नियन्त्रणमा कुनैपनि दलसँग समन्वय नगरेको बरेमा प्रदेश प्रमुखको ध्यानाकर्षण गराईएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *