खोप किन्न सरकारको स्वीकृति पर्खँदै स्थानीय तह

विराटनगर । खोपको माग बढ्दै जान थालेपनि स्थानीय पालिकाहरुले नै खोप किन्न पाउनु पर्ने माग राख्न थालेका छन् । कतिपय पालिकाले स्वीकृतीका लागि अनुमती दिन सरकारसँग माग गरेका छन् भने कतिपय पालिका कुन बाटोबाट खोप खरिद गर्ने भन्ने भन्ने बाटो खोज्दै गरेको देखिन्छ ।

त्यही खोप खोजी गर्ने पालिका मध्येको एउटा पालिका मोरङको बेलबारी नगरपालिकाले कोभिड-१९विरुद्धको खोप खरिदका लागि सरकारलाई स्वीकृतिका लागि माग गरेको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयसँग खोप खरिदका लागि स्वीकृति मागेको हो । नगरले आफ्ना नागरिकका लागि ८० हजार डोज खोप आफैं खरिदको स्वीकृतको माग सहित मन्त्रालयमा पत्रचार गरिएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख ज्ञानेन्द्र सुबेदीका अनुसार नगरपालिकाले दुई चरणमा खोप उपलब्ध गराइदिन माग गरेको छ । पहिलो चरणमा १८ वर्षदेखि ४० वर्षसम्मका नागरिकको लागि ४० हजार र दोस्रो चरणमा ४० हजार डोज खोप खरिदको स्वीकृति लागि माग गरिएको छ । मन्त्रालयले स्वीकृति दिएलगत्तै प्रक्रिया थालेर खोप ल्याइनेछ,’ नगर प्रमुख सुवेदीले भने, ‘नागरिककलाई बचाउन जसरी भएपनि खोप किन्नैपर्ने आवश्यकता भएकोले मन्त्रालयसँग स्वीकृति माग गरिएको हो, स्वीकृति पाए लगत्तै प्रक्रिया थालिने छ ।’

बेलबारीमा २५० जना भन्दा बढि कोरोना सक्रमित छन् भने १० जनाले ज्यान गुमाइसकेका छन् । नगरपालिकाले अक्सिजनसहितको आइसोलेसन निर्माण गरेको छ भने आफ्नै एम्बुलेन्स तथा अन्य केहि संघ संस्थाका एम्बुलेन्ससमेत लिएर कोराना संक्रमितहरुलाई निःशुल्क सेवा प्रदान गरिरहेको जनाएको छ । यसरी खोपको लागि बेलवारी नगरपालिका तथा केरावारी गाउँपालिका सहितका अन्य केही पालिकाले पनि खोप खरिदको लागि स्वीकृति माग गरेको केरावारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले जानकारी दिए ।

‘संघीय सरकार र प्रदेश सरकारको भुमिका कमजोर देखिएपछि यी दुबै निकायबाट खोप आउने अबस्था अन्यौल भएपछि हामीले स्वीकृतिका लागि लेखेर पठाएका छौँ,’ कार्कीले मकालु खबरसँग भने, ‘अहिले रोकथामको नाममा पालिकाहरुको एक डेढ करोड त्यसै खर्च भएको छ, खोप ल्याउन अनुमति दिने हो भने हामी ब्यवस्थापन गर्न सक्छौ ।’

स्थानीय तहले खरिदका लागि किन्न सकिन्छ भन्ने लागेको अबस्थामा , कुन मुलुकको विस्वासिलो हो भन्ने सरकारले स्पष्ट उल्लेख गरेर स्वीकिृत दिने हो भने पालिकाले खोप किनेर आफ्ना नागरिकलाई चाउन सक्ने कार्कीले दाबी गरे । यदी सरकारले स्वकृति दिएको अबस्थामा अति सिमान्तकृतको पहिचान गरि निशुल्क लगाउने र अलिकति आर्थिक अबस्था बलियो भएकाहरुलाई एउटा मापदण्ड बनाई थोरै रकम लिएर खोप लगाउन सकिने कार्कीको भनाई छ ।

पहिलो चरणमा कसैले खोप किनेर लगाउन नसक्ने अबस्थामा कुनै योजना कटौति गरेर खोपमा लगानी गर्न सकिने पालिकाको तयारी छ । रंगेली नगरपालिकाले पनि खोप खरिदको लागि स्वीकृत माग गरेको छ । मेयर दिलिप बगडीयाले खोप खरिदको लागि स्वीकृत माग गरिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *