चेल्सी च्याम्पियन्

काठमाडौँ । चेल्सीले युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । गएराती पोर्चुगलमा भएको फाइनल खेलमा म्यानचेस्टर सिटीलाई १-० ले पराजित गर्दै चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

चेल्सीको जितमा खेलको ४२औं मिनेटमा काइ हाभार्टले गरेको गोल नै निर्णायक बन्याे । चेल्सीले यस अघि २०१२ मा पनि च्याम्पियन्स लिगको उपाधि जितेको थियो । त्यसअघि चेल्सी २००८ मा पनि फाइनलमा पुगेर म्यानचेस्टर युनाइटेडसँग पराजित भएको थियो । पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको म्यानचेस्टर सिटी भने उपविजेतामै चित्त बुझाउन बाध्य भयाे।

मुख्य प्रशिक्षक थोमस टुचेलले क्लब आएकै सिजन चेल्सीलाई च्याम्पियन्स लिगको च्याम्पियन बनाउन सफल भएका हुन् ।

टुचेलको यो पहिलो च्याम्पियन्स लिग उपाधि समेत हो । उनी दुई फरक क्लबबाट लगातार दुई सिजन च्याम्पियन्स लिगको फाइनल पुग्ने पहिलो प्रशिक्षक बनेका छन् । टुचेलकाे प्रशिक्षणमा गत सिजन  फ्रेन्च क्लब पीएसजी च्याम्पियन्स लिगको फाइनल पुगेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *