गोल खाए लगत्तै फर्कायो नेपालले गोल, खेल बराबरीमा चल्दै

नेपाल र इराकको मैत्रीपूर्ण फुटबल चलिरहेको छ । इराकमा भइरहेको खेलको २० मिनेटसम्म दुवै टिमले एक एक गोल गरेका छन् ।

खेलको सातौ मिनेटमा नेपालले गोल खाएको हो । इराकी खेलाडीले डि बक्सबाहिरबाट प्रहार गरेको फ्रिकिक सिधै नेपालको गोलपोष्टमा छिरेको थियो ।
१ गोलले पछि परेको नेपालले लगत्तै बराबरी गोल फर्काएको हो । अन्जन बिष्टले प्रहार गरेको बल इराकी खेलाडीले जोगाउन खोज्दा आत्मघाती गोल हुन पुगेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − thirteen =