प्रदेश १ मा बजेट

झापामा धेरै कार्यक्रम, पार्कदेखि बिमानस्थलको स्तरोन्नतसम्म

विराटनगर । प्रदेश १ का धेरै बजेट तथा कार्यक्रम झापामा केन्द्रीत देखिएको छ। अर्थमन्त्री विष्णु पौडेलले शनिबार प्रस्तुत गरेको बजेट बक्तब्यमा झापामा धेरै योजना देखिएका हुन् ।
झापाको दमकमा चिल्डेन प्याराडाईज पार्क निर्माण हुने,मेचिनगरमा कृषी थाेक बजार बनाउने, झापाको चन्द्रडाँगी फर्मलाई नमुना फर्मको रुपमा अघि सारिने, झापाको दमकमा निर्माणधिन औद्योगिक क्षेत्र निर्माण दुई बर्षमा पुरा गरिने, दमकमै दुई बर्षमा मदन भण्डारी रंगशाला बनाइसक्ने, दमकमा ढल सुधार कार्यक्रम, झापाको दमकमा बहुतले बसपार्क निर्माणको लागि बजेट छुट्याएको छ । यस्तै झापाकै  पानीट्यांकी, काँकडभिट्टा हुँदै चारआलीसम्म पेट्रोलियम पाईपलाईन बिछ्याई तिन बर्षमा संचालनमा ल्याईने भनिएको छ।

यस्तै, मोरङमा बाल सुधारगृह बन्ने भएको छ। सबै प्रदेशमा औद्योगिक कृषि भण्डार केन्द्र स्थापनाको काम शुरु गरिने ,  रंगेलीमा कृषि थोकबजार निर्माण गरिने बजेटमा उल्लेख गरिएको छ ।

त्यस्तै भोजपुरमा कागती खेती र सोलुखुम्बुमा ओखरखेती कार्यक्रमका लागि अनुदान दिईने भएको छ। बिराटनगरमा नमुना पशुपन्छि बधशाला स्थापना हुने बजेटले बोलेको छ। झापामा सिचाई सुबिधाका लागि बिशेष कार्यक्रम, भद्रपुरमा नदी कटान नियन्त्रण, मावा खोला नदि नियन्त्रण, उदयपुरको गाइघाटमा कृषि भुमि कटान नियन्त्रणको काम गरिने बजेटमा उल्लेख गरिएको छ। उदयपुरमा मौसमी राडार जडान गर्न  बजेट बिनियोजन गरेको छ। हरेक प्रदेशमा भुमिबैंक संचालनमा ल्याईने भएको छ।

सरकारले ईलामको माईपोखरी, सुनसरीको बर्जुतालको संरक्षण र सौन्दर्यकरण गरिने तथा बजेटमा उल्लेख गरिएको छ। सुनसरीको अमडुवामा बिशेष आर्थिक क्षेत्रको रुपमा विकास गर्न अध्ययन गरिने र विराटनगरमा संचालति प्रदर्शनी स्थललाई स्तरोन्नती गर्ने भनिएको छ ।

मोरङ कारागारको स्तरोन्नती हुने छ । ओलाङचूंगोला र किमाथाङका नाकालाई ब्यवस्थित गर्ने भनिएको छ। ताप्लेजुङ सहितका १३ हिमाली जिल्लामा माध्यामिक तहमा छात्रा लक्षित आवासिय बिद्यालय संचालन गरिने बजेटमा उल्लेख गरिएको छ ।

मदन भण्डारी प्राबिधिक बिश्वबिद्यालय दुई बर्षमा संचालन आउने, योगमाया आयुर्बेद बिश्वबिद्यालय २ बर्ष भित्रमा संचालनमा आउने बजेटमा उल्लेख गरिएकाे छ।

सबै स्थानीय तहमा प्राबिधिक शिक्षा संचालन गर्ने पनि बजेटमा भनिएको छ। बिराट क्षेत्रको संरक्षणको लागि बजेट छट्याएको, बराहक्षेत्र, पाथिभरा र हलेसीको संरक्षण र संबर्धनका लागि गुरुयोजना निर्माण गरिने भएकाे छ भने प्रदेशमा प्रादेशिक संग्राहलय निर्माण गरिने भनिएको छ।  बैजनाथपुरमा क्रिकेट रंगशालाको निर्माण, ईटहरीमा प्रादेशिक रंगशाला निर्माण, पाँचथर र ओखलढुङको सुख्खाग्रस्त पालिकामा लिफ्ट कार्यक्रम संचालन गरिने उल्लेख छ ।

ताप्लेजुङ, संखुवासभा र मोरङको संचालित खानेपानी आयोजना संचालनमा ल्याईने बजेटमा भनिएको छ। धरानमा सुरुङ मार्ग त्यस्तै सरकारले आगामी आर्थिक बर्षको बजेट मार्फत ईम्बोष्ट नम्बर सबै प्रदेशमा जारी गर्ने, ईटहरी बिराटनगरमा ठुला क्षमताको बिद्युतिय बस संचालन गरे अनुदान दिईने, धरान लेउती सुरुङमार्ग निर्माणको काम यसै बर्षदेखि शुरु हुने उल्लेख गरेको छ ।

रेल मार्ग संचालनको लागि प्रदेश १ मा जोगवनी–बिराटनगर रेल मार्ग संचालन गरिने भनिएको छ भने काँकडभिट्टा ईनरुवाको जग्गा अधिगरण गरि बाँकी कामलाई पुरा गरिने उल्लेख गरिएको छ। कोशी जलमार्गको बिस्तारको लागि बजेट बिनियोजन गरिएको छ भने बिराटनगरको बिद्युतिय तार भुमिगत गरिने भनिएको छ ।

तेह्रथुमकाे म्याङ्लुङमा सहरी पुर्बाधार विकास कार्यक्रम शुरु गरिन, धरान–ईटहरी, चन्द्रगढी–बिर्तामोडलाई मेगा सिटीको रुपमा विकास गरिने बजेटले बोलेको छ । सुकिलुम्बा बिमानस्थलबाट उडान शुरु हुने, भद्रपुर बिमानस्थलको स्तरोन्नती गरिने र बिराटनगर बिमानस्थलमा नयाँ टर्मिनल भवन बनाईने बजेटमा उल्लेख गरिएको छ। यस्तै तेह्रथुमकाे चुहान्डाँडामा बन्ने विमानस्थल र ताप्लेजुङकाे सुकेटार बिमानस्थललाई प्राथमिकतामा राख्दै सुकेटार विमानस्थलकाे नाम रबिन्द्र अधिकारी र चुहान्डाँडा विमानस्थलकाे नाम आङ्छिरिङ शेर्पाकाे नाममा राखिने भएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *