राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई १० अर्ब

काठमाडाैं । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट बढाएर १० अर्ब रुपैयाँ पुर्याएको छ । नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी गराएका हुन् ।

चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको विस्तार गरी कक्षा कोठा निर्माण प्राविधिक शिक्षकको व्यवस्था, शिक्षक तालिम, स्वयंसेवक शिक्षक परिचालन, विज्ञान प्रयोगशाला, सूचना प्रविधि ल्याव, खेल मैदान र खेल सामाग्रीको व्यवस्था लगायतका शैक्षिक पूवार्धार र गणुस्तर अधिवृद्धि कार्यक्रम सञ्चालन गरिने अर्थमन्त्री पाैडेलले उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *