मन्त्रिपरिषद् बैठक शुरु, बजेटका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने

काठमाडौं । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीकाअनुसार बैठक शुरु भइसकेको छ ।

संवैधानिक व्यवस्थाअनुसार आज संघीय बजेट ल्याउनुपर्ने हुन्छ । तर, अहिले प्रतिनिधि सभा विघटित अवस्थामा छ । यसो हुँदा बजेट अध्यादेशमार्फत आउँदैछ । जारी बैठकले राष्ट्रपतिलाई बजेट ल्याउनको लागि अध्यादेश जारी गर्न सिफारिस गर्नेछ ।

राष्ट्रपतिले स्वीकृति प्रदान गरेपछि अपराह्न ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् । सरकारले दबाबका बीच अध्यादेशबाट ल्याइने कामचलाउभन्दा पनि नियमित खालकै जस्तो बजेट ल्याउन लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *