हामीलाई लम्पसारवाद स्वीकार्य हुँदैन : डा. लोहनी
२०७८ जेठ १५ गते

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लम्पसारवाद स्वीकार्य नहुने भएका छन् । पार्टीको ३१ औँ स्थापना दिवसको अवसरमा शुभकामना गर्दै उनले विदेशी शक्तिसाम झुक्ने प्रवृतिप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।
‘हामी लम्पसारवादलाई स्वीकार गर्दैनौं । जातीयता र क्षेत्रवादमा विश्वास राख्दैनौं,’ उनले भनेका छन्, ‘हामी कुनै पनि धर्मको अनादार गर्दैनौं बरु सवैको सम्मान गर्छौ तर, आफ्नो धर्म र संस्कृतिमाथिको प्रहारलाई कदापि स्वीकार गर्दैनौं ।’

२०७८ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








