खोपमा राजनीति

लुकाएर खोप दिएको थाहा पाएपछि सर्वसाधारणकाे विराेध

विराटनगर । पछिल्लो समय खोपमा प्रदेश र स्थानीय सरकारका प्रमुखहरुले ठूलो राजनीति गरेका छन् । कतिपयले लुकाएर आफ्नै घर तथा कार्यालयमा बोलाएर खोप लगाएका छन् भने कतिपयले सिनेमाहलमै आफ्ना नजिकका मान्छे र व्यापारीलाई खोप दिएका छन् ।

विगत केही दिनअघि प्रदेश प्रमुख, सभामुख र मेयरको सिफारिसमा केही व्यापारी र नजिकका व्यक्तिले खोप लगाएको सार्वजनिक भईरहँदा शुक्रबार विराटनगरमा फेरि अर्को त्यस्तै खालको पहुँचमा खोप दिने श्रृंखला दोहोरिएको हो । विराटनगरको सिटी सिनेमाहलमा भएको खोप कार्यक्रमको भने स्थनीयले घेराहालेर विरोध गरेका छन् ।

विराटनगरमा एक सिनेमाहल भित्र लुकाएर खोप लगाएको थाहा पाएपछि स्थानीयले घेराहालेका हुन् । विराटनगर महानगरपालिकाको तिनपैनीमा रहेको सिटी सिनेमा हलमा मन्त्री र मुख्यमन्त्रीको सेटिङमा खोप लगाएको थाहा पाएका स्थानीय केही युवा तथा विद्यार्थीसहित सर्वसाधारणले खोप लगाएको स्थल घेरेका थिए ।

सामाजिक विकास मन्त्री उषाकला राईको सिफारिसमा नीजि सिनेमा हल परिसरमा खोप लगाउन थालेपछि सर्वसाधारण विरोधमा उत्रिएका थिए । मन्त्रीको सिफारिसका व्यक्तिहरु गाडिसहित सिटी सिनेमाहलमा पुगेपछि शंका लागेर स्थानीले सोधीखोजी गरेपछि खोप लगाएको थाहा पाएको स्थानीय युवा ताजिम अन्सारीले बताए ।

विराटनगरमा गनिएका व्यापारी र नेताहरुलाई गुपचुपमा खोप लगाईएपछि स्थानीय विरोधमा उत्रिएर खोप स्थल घेराहालेका थिए । ‘कोभिसिल्ड’को खोपको दोस्रो डोज खोप लगाउन जनस्वास्थ्य कार्यालयको टोली तीनपैनीको सिटी सिनेमा पुगेको थियो । तर, दोस्रो डोज कोभिसिल्ड लगाउन पर्खाइमा रहेका सर्वसाधारणले त्यसको जानकारी प्राप्त गरेपछि हल परिसरमै पुगेर विरोध गरिएको अन्सारीले बताए ।

मन्त्रीको रोजाइमा परेका केही उद्योगी-व्यवसायी गाडी लिएर सिटी सिनेमा हलको गेट पुगेका थिए । यसअघि पनि बिभिन्न ठाउँमा ठुलाबडालाई खोप लगेर गाएको तथ्य सार्वजनिक भएको थियो । संसद सचिवालयमा पहुँचको आधारमा खोप लगिएको थियो भने प्रदेश प्रमुखको सिफासिरमा खोप लगाईएको थियो । त्यस्तै विराटनगर महागरपालिकामा पनि आफू निकटका व्यापारीलाई मेयरले खोप लगाएको आरोप लाग्दै आएको छ ।

विभिन्न समयमा आफु निकटका नेता, कर्मचारी, व्यापारीलाई खोप दिने सर्वसाधारणलाई खोप नदिएको बारेमा आलोचना हुँदै आएको थियो । शुक्रबार सिटी सिनेमाहलमा पनि त्यस्तै भएपछि स्थानीय आक्रोशित भएका थिए । आक्रोशित सर्वसाधारणले खोप बोकेर आएको बा १ झ ९३६५ नम्बरको मन्त्रालयको गाडी एक घण्टासम्म नियन्त्रणमा लिएका थिए । जिल्ला स्वास्थ्य कार्यालयका एक कर्मचारीले माथिल्लो तहको निर्देशनमा खोप दिईएको बताए ।

मोरङमा कोभिसिल्डको पहिलो मात्रा ६६ हजार ६१५ र दोस्रो मात्रा ११ हजार ३४८ जनाले लगाएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका निमित्त प्रमुख रमानन्द यादवले मन्त्रालयबाट निर्णय आएपछि खोप उपलब्ध गराइएको बताए । ‘पहिलो डोज खोप लगाएकालाई दोश्रो डोजको खोप लगाउन ढिला भएको बारेमा मन्त्रालयलाई जानकारी गराइएको भएपनि मन्त्रालयबाट सर्वसाधारणलाई खोप दिने बारेमा निर्णय भएको छैन,’ उनले भने ।

प्रतिक्रिया

One thought on “लुकाएर खोप दिएको थाहा पाएपछि सर्वसाधारणकाे विराेध

  1. Yesta taskar lai sarbajanik sthal ma lagera publik dhol dinuparchha ani matrai kei huncha . Yo desh mathi dekhi tala sammai setting ra bhrastachari kai raj bhayo .

Leave a Reply

Your email address will not be published. Required fields are marked *