त्रिविले थप्यो स्नातक पहिलाे वर्षको फारम भर्ने म्याद

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक पहिलाे वर्षको परीक्षा फारम भर्ने समय थप गरेको छ ।

शुक्रबार सूचना निकालेर कार्यालयले कोरोनाका कारण परीक्षा फारम भर्नै कठिन भएको अवस्थालाई मध्यनजर गर्दै जेठ मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको जानकारी गराएको छ । यसअघि जेठ २० गतेसम्म फारम भरिसक्नुपर्नै सूचना निकालिएकाे थियाे ।

यस अवधीमा पनि महामारी तथा अन्य कारणले तोकिएको समयभित्र कुनै परिक्षार्थीको फारम भर्न छुट भएमा त्यस्ता परीक्षार्थीका लागि पनि उचित समय उपलब्ध गराई फारम भर्ने व्यवस्था मिलाइने त्रिविकाे परीक्षा नियन्त्रण कार्यालयले जनाएकाे छ । यसअघि नेबिसंघले अनलाइन फारमकाे ब्यवस्थाले दूर दराजमा रहेका बिरामी परीक्षा फारम भर्नबाट बञ्चित हुने भन्दै बिराेध जनाएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *