विवेकशील पूर्वअध्यक्ष थापाको स्वास्थ्य अवस्था जटिल‚ उपचारका लागि सहयोग गर्न अपिल

काठमाडौं । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका विवेकशील नेपाली पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । सुरुमा ह्याम्स अस्पतालमा भर्ना गरिएका थापालाई ग्रान्डी हुँदै आज (शुक्रबार) मेडिसिटी अस्पताल लगिएको छ ।

उनको उपचारका लागि आर्थिक सहयोग संकलनसमेत सुरु भएको छ । गोफन्डमीमार्फत् उज्वल थापा ट्रिटमेन्ट फण्डको नाममा सहयोग संकलन सुरु भएको हो ।

अहिले उनको अवस्था निकै जटिल रहेको बताइएको छ । सहयोग संकलन उनको परिवारको जानकारीमा सुरु गरिएको  विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष मिलन पाण्डेले जानकारी दिए ।

थापाकाे उपचारका लागि सहयोग गर्न
खाताको नाम: AALOK SUBEDI

खाता नम्बर: 1940105065400001
बैंकको नाम: Kumari Bank Ltd.
शाखा: Maitidevi

खल्ती: 9810276473
ईसेवा: 9810276473
मा रकम जम्मा गर्न सकिने पाण्डेले बताएका छन् । थापा विवेकशिल नेपाली दलका संस्थापक अध्यक्ष हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *