गजल: बोलीभरी घमण्ड छ

रोग-भोक छैन भन्छ बोलीभरी घमण्ड छ
सडकबाट सरकार हेर्छु पुरापुर पाखण्ड छ ।

जिताएको जनताले सेवा गर्न जनताकै
तर ऊ त निरंकुश राजाभन्दा उदण्ड छ ।

सानो कुरो ऊ जान्दैन नसकेको ऊ मान्दैन
मिलाएको भन्छ जहाँ त्यहीँ खण्ड-खण्ड छ ।

मुख्य कुरो देश हैन जनताको चिन्ता छैन
चासो केवल ओली, देउवा, माधव यता प्रचण्ड छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *