बानका अध्यक्ष चन्द्र न्याैपानेकाे कोभिडका कारण निधन

विराटनगर । नीजि रेडियाे सञ्चालकहरुकाे संस्था ब्रोडकाष्टिङ एशोसिएशन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्याैपानेको निधन भएको छ । कोभिड-१९ संक्रमणका कारण विराट मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरमा उपचाररत न्याैपानेको शुक्रबार बिहान ८ बजेर २५ मिनेटमा निधन भएको अस्पतालका कोभिड संयोजक सुनिल देवले जानकारी दिए ।

गत वैशाख २८ गते विराट शिक्षण अस्पतालमा भर्ना भएका न्याैपानेलाई भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो । उनलाई बिहीबारबाट कलकत्ताबाट फोक्सो सुधार हुने क्यान्सरको औषधि ल्याएर चलाईएको थियो ।

उनी विज्ञापन बाेर्डका सदस्य तथा सप्तकाेशी एफएम इटहरीका सञ्चालक र स्टेशन म्यानेजरसमेत थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *