‘कालोकोट’ हेरी कानून व्यवसायीलाई नरोक्न माग

काठमाडौँ । सर्वाेच्च अदालत बार एशोसिएशनले निषेधाज्ञामा कानून व्यवसायीलाई सहज आवागमनको वातावरण मिलाइदिन माग गरेको छ । सर्वाेच्च बारले पत्रमार्फत मन्त्रालयलाई कानून व्यवसायीको सेवा पनि अत्यावश्यक सेवा अन्तर्गत पर्ने भएकाले सहज आवागमनको वातावरण मिलाइदिन माग गरेको हो ।

पत्रमा परिचय पत्रसहितको कालोकोट हेरी देशभरका कानून व्यवसायीलाई अवरोध नगर्ने वातावरण मिलाइदिन आग्रह गरिएको छ । ‘हाल प्रतिनिधि सभा विघटनलगायत गम्भीर प्रश्नका विषय, बन्दीप्रत्यक्षीकरण, थुनछेकसहित महत्वपूर्ण मुद्धाहरुको सुनुवाइ भइरहेको अवस्था छ,’ पत्रमा भनिएको छ, ‘न्यायलयमा यस्ता गम्भीर विषयका सुनुवाइ भइरहेको हुँदा कानून व्यवसायीको पनि अदालतका सहयोगीको हैसियतले अदालतका काम कारबाहीमा अनिवार्य उपस्थिती रहन्छ ।’

हेर्नुहोस् पत्र :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =