धरानमा प्रहरी चौकीमा आक्रमण, तीनजना प्रहरी घाइते

बिराटनगर । धरानको एउटा प्रहरी चौकीमा परिचय नखुलेको समुहले आक्रमण गर्दा प्रहरी सहायक निरीक्षक (असई) सहित तीनजना प्रहरी घाइते भएका छन् ।

चौकी अगाडी दुई समुहबिच झडप भएको र एक समुह चौकीभित्र छिर्दा अर्को समुह उनीहरुलाई खेद्दै चौकीमै पुगेपछि उनीहरुलाई छुट्याउने क्रममा सहायक निरीक्षक सुमन दाहालसहितसहित तीनजना प्रहरी घाइते भएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।

घटनामा संलग्नको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान थालिएको पनि कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *