ओपो अग्रणी अपरेटर्सद्वारा सञ्चालनमा ल्याइएको पान-ईन्डस्ट्री ईको रेटिङ लेबलिंग स्किमको पार्टनर

काठमाडौं । काइन्डनेस फर दि वर्ल्ड’अन्तर्गत अग्रणी अपरेटर्सद्वारा सञ्चालनमा ल्याइएको पान-ईन्डस्ट्री ईको रेटिंग लेबलिंग स्किमको पहिलोमध्येको पार्टनरको सूचीमा सम्मिलित भएको छ ।

सन् २०२१ जुनदेखि यो स्किम यूरोपभर लागु गरिने ओपोले जनाएको छ । यसले उपभोक्तालाई वातावरण सुरक्षा तथा दिगोपनका बारेमा सचेतना जगाउँदै सर्वाधिक टिकाउ स्मार्टफोनहरु विच तुलना र पहिचान गर्न सघाउने विश्वास लिएको छ ।

यूरोपका ५ अग्रणी मोबाइल अपरेटर्स डच टेलिकम, अरेन्ज, टेलिफोनिका, टेलिया कम्पनी र भोडाफोनद्वारा संयुक्तरुपमा ईको रेटिंग ईनिसिएटिभ सञ्चालनमा ल्याएका हुन् ।

यसको मूल उद्देश्य स्मार्टफोन तथा फिचरफोनको उत्पादन, प्रयोग, परिवहन र डिस्पोजलले पार्ने वातावरण माथिको असरका बारेमा सही र सटिक जानकारी उपलब्ध गराउनु रहेको कम्पनीले जनाएको छ ।

विस्तृत मूल्यांकन मार्फन हरेक स्मार्टफोन ह्याण्डसेटलाई तिनले आफ्नो जीवनचक्रका दौरान प्रदर्शित गर्ने वातावरणिय पर्फरमेन्सका आधारमा पूर्णांक १०० मध्यबाट ईको रेटिंग स्कोर प्रदान गरिन्छ ।

उपकरणलाई दिइने ईको रेटिंग लेबलले टिकाउपन, मर्मत योग्यता, रिसाइकलेबिलिटी, क्लाइमेट ईफिसियन्सी र रिसोर्स ईफिसियन्सी गरी ५ पक्षको प्रतिनीधित्व गर्नै जनाएको छ। ।

सन् २०१९को तुलनामा ओपोले वजनका आधारमा सन् २०२०मा १३गूणा बढी उत्पादन रिसाइकल गरेको जनाएको छ । उदाहरणका लागि ओपोका प्याकेजिंग ४५ प्रतिशत रिन्यूएबल फाइबर्सको प्रयोग गरिन्छ । त्यसैगरी ओपोले आफ्नो जेनरल वेस्टमा ४२.७% र ईन्डाइरेक्ट ग्रिनहाउस ग्यास उत्सर्जनमा २०%ले कटौती ल्याएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *