आज ‘इच्छुक’को १९ औँ स्मृति दिवस

काठमाडौं । जेठ १३ गते,  कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस । यसपटक उनकाे १९ औँ  स्मृति दिवस भएपनि कोभिड-१९ का कारण यसवर्ष औपचारिक कार्यक्रम राखिएको छैन । अरु बर्ष पत्रकार एवम् साहित्यकार ‘इच्छुक’ को विशेष सम्झना गर्ने गरिएकाे थियाे ।

२०५९ जेठ ६ गते गिरफ्तार गरी उनकाे हिरासतमै चरम यातना दिएर हत्या गरिएकाे थियाे । हत्याको १९ वर्ष पुगिसक्दा पनि घटनाको सत्यतथ्य छानबिन हुन सकिरहेको छैन ।

२०१३ मा भारतको देहरादुनमा जन्मिएका कृष्ण सेन इच्छुक जनदिशा दैनिकका प्रधान सम्पादक थिए । सेनको पुर्ख्यौली घर अर्घाखाँची जिल्लाको जलुकेमा पर्दछ । उनले प्रारम्भिक शिक्षा दिक्षा दाङको लालमटियामा लिएका थिए । लाहुरे परिवारमा जन्मिएका इच्छुकले आफ्नो काव्य यात्राको थालनी दाङबाट प्रकाशित हुने ‘युगबोध’ समाचारपत्रबाट गरेका थिए ।

उनको व्यक्तित्व बहुआयामिक थियो । उनी पत्रकार, साहित्यकार, शिक्षक र राजनीतिकर्मी पनि थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + three =