इराक पुग्यो नेपाली फुटबल टिम

काठमाडौं । मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम इराक पुगेको छ ।

२३ जना खेलाडीसहित ३५ सदस्यीय नेपाली टिमलाई इराकको बसरामा इराक फुटबल संघका पदाधिकारीले स्वागत गरेका थिए ।

नेपालले जेठ १५ मा बसरामा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ । इराकसँगको मैत्रिपूर्ण खेलपछि नेपालले फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल्नेछ । कुवेतमा हुने छनोटअन्तर्गत नेपालले जुन ३ मा ताइपेइ, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । नेपाली टिम जुन १२ मा स्वदेश फर्किनेछ ।

नेपाली टिम–
गोलरक्षक– किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की
डिफेन्डर– रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास ।
मिडफिल्डर– विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान ।
फरवार्ड– अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा ।
प्रशिक्षक– अब्दुल्लाह अलमुताईरी ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =