विपक्षी एमालेका १५ नेताले भने– ओलीविरुद्ध एकताबद्ध संघर्ष अपरिहार्य

काठमाडौं । विपक्षी एमालेका १५ स्थायी कमिटी सदस्यले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एकताबद्ध संघर्ष गर्नुपर्ने औंल्याएका छन् । बुधबार (आज) वक्तव्य जारी गर्दै वरिष्ठ नेताद्वय झलनाथ खनाल—माधवकुमार नेपाललगायतका १५ नेताले ओलीविरुद्ध एकताबद्ध संघर्ष अपरिहार्य रहेको औंल्याएका हुन् ।

ओलीले गत जेठ ८ गते संसद् विघटन गरेपछि कांग्रेस, माओवादी, जसपा, राजमोलगायतका दलसँग सम्बद्ध विपक्षी एमाले ओली पदबाट हट्नुपर्ने अडानमा छ । यसअघि गत सोमबार बसेको सत्तासिन एमालेको स्थायी कमिटी बैठकले खनाल—नेपाललगायतका ११ जना नेतालाई पार्टीको साधारण सदस्यबाटै निष्कासित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *