कोभिड संक्रमण बढ्दै जाँदा सभामुखको चिन्ता

विराटनगर । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले कोभिड-१९ को संक्रमण बढ्दै जाँदा चिन्ता व्यक्त गरेका छन् ।

संक्रमणका कारण मुत्यु हुनेको संख्या पनि बढ्दो क्रममा रहेकोले यसबाट जोगिन सबैलाई आग्रह गरे । ‘महामारीको जोखिमलाई कम गर्दै उन्मुक्ति प्राप्त गर्न नागरिकहरुको आफ्नै सचेत पहल र सजगताको महत्वपूर्ण भूमिका रहने हामीले बिर्सनु हुन्न,’ उनले भने, ‘यसबाट जोगिनु नै अहिलेको उत्तम विकल्प हो ।’

बौद्धदर्शनका प्रवर्तक एवंम् शान्तिका अग्रदुत गौतम बुद्धको २६४५ औं जन्मजयन्तीको अवसरमा शुभकामना दिँदै सभामुख भण्डारीले वर्तमान विषम परिस्थीतिलाई ध्यान दिदै स्वास्थ्य सुरक्षाका संभव सबै उपायहरु अबलम्वन गर्दै जहाँ छौ त्यही बसेर पर्वहरु मनाउन आग्रह गरे । उनले संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै विपत्तीको यस कठिन तथा भयावह अवस्थामा मानवीय सेवामा निरन्तर लागिरहनु भएका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी लगायतका सम्बद्ध सबैमा धन्यवाद दिएका छन् ।

बुद्ध जयन्तीको सन्दर्भमा जारी गरिएको सुभकामना सन्देशमा ‘गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको संयोग रहेको आजको पवित्र दिनमा बुद्धदर्शनका स्थापित चार आर्य सत्यलाई अङ्गीकार गरेर सद्भाव, मेलमिलाप, सहअस्तित्व एवंम् अहिसांवादी सिद्धान्तको पालना गर्दै शान्ति र प्रगतिको पथमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस शुभकामना व्यक्त गर्दछु, भनिएको छ ।

बहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा विभिन्न जातजाति र समुदायले मनाउने चाडपर्वहरुले सबै नेपाली बीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गराउदै भौगोलिक, धार्मिक, साँस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचानलाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास लिएको छु, उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *