विराटनगरमा एक महिला मृत अवस्थामा फेला
२०७८ जेठ ११ गते

प्रतिकात्मक तस्बिर
विराटनगर । विराटनगर–१९ स्थित घिनाघाट पुलमुनि सिंघिया खोलामा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
मंगलबार दिउँसो करिब ३ बजे विराटनगर-३ घर भएकी ४३ वर्षीया सुमित्रा खतिवडा मृत फेला परेकी हुन् । खोलामा घोप्टो परेर डुबेको अवस्थामा महिलाको शव भेटिएको स्थानीयले बताएका छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।
मृतक महिलाको शरीरमा पनि कुनै किसिमको निलडाम नरहेको र महिलाले डिप्रेसनको औषधि सेवन गर्दै आएकाले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । पोष्टमार्टमको रिपोर्ट आएपछि घटनाबारे थप खुल्ने प्रहरीले जनाएको छ ।
२०७८ जेठ ११ गते
प्रतिक्रिया
सम्बन्धित








