एनसेलको नयाँ वेबसाइटमा ग्राहकलाई थप आकर्षक सुविधाहरू

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ग्राहकका लागि थप आकर्षक सेवा सुविधाकासाथ आफ्नो नयाँ वेबसाइट संचालनमा ल्याएको छ ।

ग्राहकले अब वेबसाइटबाटै सजिलै भ्वाइस प्याक, डेटा प्याक खरिद, अनलाइन रिचार्जलगायतका सेवाहरु लिन सक्ने एनसेलले जनाएको छ । यो नयाँ वेबसाइटलाई वेबएपको रुपमा स्मार्टफोनमा राखी उपलब्ध विविध सुविधाहरुको फाइदा लिन सकिने जनाएको छ ।

ग्राहक सेवालाई अझै परिस्कृत गर्दै लाने उदेश्य अनुरुप संचालनमा ल्याइएको नयाँ वेबसाइट एनसेलको डिजिटल अभियानअन्तर्गतको एक कार्य हो । यसैअन्तर्गत एनसेलले विविध सेवा सुविधाहरु सहितको सेल्फ केयर एप एनसेल एपको नयाँ संस्करण संचालनमा ल्याइसकेको जनाएको छ ।

नयाँ वेबसाइटबाट प्याक खरिद गर्नेे ग्राहककालागि प्याकको खरिदमा १०० प्रतिशत सम्म थप भोल्युमसहितका आकर्षक अफरहरु पनि रहेको छन् । यस कोरोना महामारीकाबीच ग्राहकले घरबाटै आफ्नो आवश्यकता अनुसारको सेवाहरु वेबसाइट मार्फत खरिद गर्न सक्नेछ्न् ।

विशेष अफरअन्तर्गत ग्राहकले वेबसाइटमार्फत् प्याकको खरिदमा १५० एमबीदेखि २ जीबीसम्म बोनस डेटाको फाइदा लिन सक्छन् ।

बोनस १ दिनको प्याक ( १८) रुपैयाँ, ७ दिनको प्याक ( ९८)रुपैयाँ, १४ दिनको प्याक ( १३९)रुपैयाँमा लागु रहेको छ भने ट्रिपल मजा अन्तर्गत ७ दिनको प्याक ( १०९)रुपैयाँ , १० दिनको प्याक ( १४७) रुपैयाँ र ३० दिनको प्याक ( ४५९)रुपैयाँमा थप ०.५ जीबी देखि ०.७५ जीबीसम्म बोनस डेटाको योजना रहेको जनाएको छ । त्यसैगरी ग्राहकले केहि प्याकहरुमा डबल डेटा पाउँछन् र अलवेज अन डेटा प्याक खरिद गर्दा तीन गुणा बढि डे डेटा पाउने जनाएको छ।

कोरोना महामारीले गर्दा घर–घरमै बस्न पर्ने अहिलेको परिस्थितिमा आफ्ना परिवार, साथीभाइ, आफन्त र प्रियजनहरुसँग सम्पर्कमा रहिरहन सञ्चार सेवामाथिको पहुँच निकै नै आवश्यक हुने भएकाले नयाँ वेबसाइटका सुविधा र अफरहरुले ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको जनाएको छ ।

ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै चाँडै नयाँ वेबसाइटको नेपाली संस्करण पनि सार्वजनिक गरिने कम्पनीले बताएको छ ।

ग्राहकले हाल संचालनमा रहेको अनलाइनको खुसी अभियानअन्तर्गत पनि नयाँ वेबसाइटबाट सेवा खरिद गर्दा पाइने विभिन्न विषेश अफरबाट फाइदा लिन सक्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *