जंगली हात्तीको आक्रमणबाट बर्दियामा आमाछोरीको मृत्यु

गुलरीया । जंगली हात्तीको आक्रमणबाट बर्दियामा आमा-छोरीको ज्यान गएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीको आक्रमणबाट गेरुवा गाउँपालिका-१ की ३७ वर्षीया चन्द्रा विकको घटनास्थलमै मृत्यु भएको हो । हात्तीको आक्रमणबाट गम्भीर घाइते चन्द्राकी ३ वर्षया छोरी दिपिकाको उपचारका क्रममा मृत्यु भएको हो ।

दिपिकाको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा ज्यान गएको निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले जानकारी दिए ।

गर्मीले गर्दा घरबाहिर आँगनमा सुतिरहेका बेला चन्द्रा र उनकी छोरी दीपिकालाई सोमबार राति १० बजेतिर जङ्गली हात्तीले आक्रमण गरेको निकुञ्ज कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =