हरिहर अधिकारीलाई पितृ शोक

काठमाडौँ । कलाकार तथा युवा ज्योतिष हरिहर अधिकारीलाई पितृ शोक पारेको छ । उनका बाबु रामबहादुर अधिकारीको सोमबार बेलुका निधन भएको हो ।

अधिकारीमा २० दिनअघि कोरोना सङ्क्रमण देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएसँगै एक हप्ताअघि नेशनल अस्पताल कलङ्कीमा उनकाे उपचार भइरहेकाे थियाे । उपचारकै क्रममा उनको निधन भएको हो ।

हरिहरकाे परिवारका सम्पूर्ण सदस्यमा सङ्क्रमण देखिएकोले उनीहरू कीर्तिपुरस्थित घरमा आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *