भीम रावलले किन हटाए नागरिकता सम्बन्धी ट्वीट ?

काठमाडौँ । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले नागरिकता सम्बन्धी गरेको ट्वीट हटाएका छन् । वीरगञ्‍जमा नागरिकता लिनेको भीड भन्‍दै गरेको सोमबार गरेको ट्‍वीट रावलले हटाएका हुन् ।

ट्‍वीट गर्दै लेखेका थिए-‘वीरगञ्जमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या रहेको समाचार आयो। प्रधानमन्त्री केपी ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडेजस्तै गर्नलाई हो कि ? नेपाली जनतालाई जवाफ चाहियो। सम्पूर्ण देशभक्त नेपाली राष्ट्र जोगाउन सक्रिय बनौँ ।’

तर, उनले लक्षित गरेर समाचार पूरानो समाचार थियो । निषेधाज्ञाका बेला कार्यालयहरु बन्द रहँदा नागरिकता लिन कसरी भिड लाग्यो ? भन्दै आलोचना हुन थालेपछि नेता रावलले ट्वीट हटाए ।

पूरानो समाचार भन्‍दै ध्यानाकर्षण गराएकोमा धन्यवाद दिँदै उनले अर्काे ट्वीटमा भनेका छन्- ‘मैले वीरगञ्‍जमा नागरिकता लिनेको भीड देखियो भन्‍ने समाचार आयो सरकारले जनतालाई जवाफ देओस् भनेर सोध्नु कुनै गलत कुरा होइन । सरकारले प्रष्ट पारे भइहाल्यो तर, उक्त समाचार पुरानो भनी ध्यान आकर्षित गराउनु हुने सबैलाई धन्यवाद दिदै मेरो त्यो ट्‍वीट हटाउने जानकारी गराउँछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − one =