त्रिविकाे स्नातक पहिलाे वर्षको परीक्षा साउन मसान्तभित्र

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोभिड- १९ का कारण सञ्चालन गर्न नसकिएका स्नातक प्रथम वर्षका सम्पूर्ण परीक्षा साउन मसान्तभित्र सम्पन्न गर्नेगरी निर्णय गरेको छ ।

आइतबार परीक्षा नियन्त्रण कार्यालय बल्खुले सूचना जारी गरी उक्त परीक्षा साउन मसान्तभित्रै सक्ने गरी अर्को सूचना केही समयपछि विस्तृत सूचना प्रकाशित गरिने उल्लेख गरेको छ ।

परीक्षा कुन मोडालिटीबाट सञ्चालन गर्ने भन्नेबारे भने सूचनामा उल्लेख गरिएको छैन ।

May be an image of text

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *