राष्ट्रपति कार्यालयको वेबसाइटबाट हराएका विज्ञप्ति फेरि देखिए

काठमाडौं । राष्ट्रपति कार्यालयको वेबसाइटबाट हराएका जेठ महिनामा अपलोडेट विज्ञप्तिहरू फेरि देखिएका छन् । कार्यालयको वेबसाइट https://president.gov.np/ मा अपलोडेट प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचनको मिति तोकिएकोबारेको विज्ञप्ति विज्ञप्ति हराएपछि आमचासो बढेको थियो ।

कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले भने त्यस्तो समस्या देखिएपछि डेभलोपर्सलाई सोधेको र प्राविधिक गल्तीका कारण यस्तो भएको  भनेको बताएका छन् । भट्टराईले भने— ‘उहाँहरूले सानो प्राविधिक गल्तीका कारणले ती सूचनाहरू हराएको र अहिले फेरि आइसकेको जानकारी दिनुभएको छ ।’

वेबसाइटमा शनिबार राति ०१:४८ बजेको समयमा अपलोडेट प्रतिनिधि सभा विघटन गरी निर्वाचनको मिति तोकेको र त्यही रात ११:३८ मा अपलोड भएको प्रधानमन्त्री नियुक्ति सम्बन्धको विज्ञप्ति हराएपछि आमचासो बढेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *