प्रतिनिधी सभा विघटनविरुद्ध ठाउँ ठाउँमा विरोध

विराटनगर । प्रधानमन्त्री र राष्ट्रपतिकाको कदम असंवैधानिक रहेको भन्दै ठाउँ ठाउँमा प्रर्दन भएका छन् । कतै विद्यार्थीले प्रदर्शन गरेका छन् भने कतै दलका नेताको अगुवाईमा प्रदर्शन भएको हो ।

गएराती मोरङको कटहरीमा स्थानयि युवा तथा नेताहरुले मसाल जुलुस निकालेका छन् । मोरङको कटहरीमा एमालेका केही नेताको अगुवाईमा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमको विरुद्धमा मसाल जलुस प्रदर्शन गरेका हुन् ।

नेकपा एमालेका नेता मृत्युन्जय झाको नेतृत्वमा भएको मसाल जुलसमा नेकपा माओवादी केन्द्रलगायतका पार्टीको सहभागीता रहेको थियो । उनीहरुले षडयन्त्रकारी प्रधानमन्त्री र राष्ट्रपति मुर्दावाद, जालझेलको राजनीति बन्द गर भन्दै प्रदर्शन गरे । त्यस्तै जनतालाई कोभिडविरुद्धको खोपको व्यवस्था गर्नु पर्ने, महामारीबाट आहत जनतालाई अस्पतालमा बेडको ब्यवस्था गर्नुपर्ने, अक्सिजन र औषधिको व्यवस्था गर्नुपर्ने, असंवैधानिक प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनु पर्ने माग राखेका छन् ।

यस्तै प्रदेश २ को सप्तरीमा पनि जनता समाजवादी पार्टी उपेन्द्र यादव समुहका नेता कार्यकर्ताले असंबैधानिक कदमको बिरुद्धमा प्रदर्शन गरेका छन् । उता पोखरामा नेपाल बिद्यार्थी संघले प्रदर्शन गर्दै मसाल जुलुस निकालेको छ । राष्ट्रपति भण्डारीले रातारात संसद विघटन गरी चुनाव घोषणा गरेपछि नेविसंघ पोखराले त्यसका विरुद्ध शनिबार साँझ राँके जुलुस निकालेको हो । संसद विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदम गलत भएको उनीहरुको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *