एटलेटिको म्याड्रिडले जित्यो ला लिगाको उपाधि

काठमाडौँ । स्पेनिस ला लिगाको उपाधि एटलेटिको म्याड्रिडले जितेको छ । शनिबार सम्पन्न लिगको अन्तिम खेलमा भल्लाडोलिडलाई २-१ गोल अन्तरले पराजित गर्दै एटलेटिकोले यस सिजनको ला लिगाको उपाधि जितेको हो ।

एटलेटिकोको जितमा एन्जल कोर्रिया र लुइस सुआरेजले एक एक गोल गरेका हुन् । त्यस्तै भल्ला डोलिडका लागि ओस्कार प्लानोले एक गोल गरेका थिए ।

एटलेटिकोको ३८ खेलमा ८६ अंक भएको छ भने दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ३८ खेलमा ८४ अंक रहेको छ । रियलले आफ्नो अन्तिम खेलमा भिल्ला रियललाई २-१ गोल अन्तरले पराजित गरेको छ । योसँगै एटलेटिकोले ११औ पटक ला लिगाको उपाधि जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + twenty =