शनिवारीय कोशेली

आर्यघाटमा देश (कविता)

तिमीले आफू मात्र जल्ने
घाट बनाएको छौ
आर्यघाट

तिम्रा देवहरुको
घाट बनाएको छौ
देवघाट

युगौंदेखि
तिमीले पिचास भन्यौ
म सहेरै बसेँ

मेरा पूर्खाहरुलाई
तिमीले राक्षस भन्यौ
र पनि
सहेरै बसेँ

तिमीले घर न घाटको
बनाए पनि
मैले कहिल्यै
मेरो घाट खोजिनँ

जब तिमीले
आफूसँगै देशलाई
घाटमा डोर्‍यायौ

म कसरी भन्न सक्छु
राम नाम सत्य हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *