नेपाल पक्षका १४ जना प्रदेश सांसदलाई स्पष्टीकरण

काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश सभामा आफ्नै पार्टीका १४ जना सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिवार बसेको एमाले बागमती प्रदेश संसदीय बोर्डको बैठकले राष्ट्रिय सभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापालाई हराउन भूमिका खेलेको भन्दै १४ जना  प्रदेश सभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।

उनीहरुलाई आइतबार बेलुका ५ बजेसम्म स्पष्टीकरण बुझाउन निर्देशन दिइएको उनले बताए ।  उनीहरु सबै माधव नेपाल समूहका हुन् ।

प्रदेशसभा सदस्यहरु अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, अरुणप्रसाद नेपाल, कुसुमकुमार कार्की, रचना खड्का, मनु सिग्देल, बसुन्धरा हुमागाईं, इन्द्रमाया गुरुङ, लक्ष्मण लम्साल, कृष्णप्रसाद खनाल, वसन्त मानन्धर, शान्तिप्रसाद पौडेल, पार्वती सिलवाल र मीना ज्ञवालीलाई स्पष्टीकरण सोधिएको हाे ।

स्पष्टीकरण आएपछि कारबाहीको थप प्रक्रिया सुरु गर्ने तयारी रहेकाे एमाले श्राेतले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *