संसद् विघटन

विपक्षी दल ‘सख्त प्रतिवाद गर्दै अदालत जाने’

काठमाडौं । विपक्षी दलहरुले संसद् विघटनविरुद्ध सख्त प्रतिवाद गर्ने निर्णय गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, विपक्षी एमाले, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायतले संयुक्त रुपमा संसद् विघटनविरुद्ध सख्त प्रतिवाद गर्दै अदालत जाने निर्णय गरेका हुन् ।

यसअघि संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । गठबन्धनको बैठकपछि जारी गरिएको संयुक्त वक्तव्यमा प्रतिनिधि सभालाई रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कार्यप्रति घोर भर्त्सना गरिएको छ । भनिएको छ— ‘राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटन गरी मुलुकमा राजनीतिक अनिश्चय, अन्योल र अराजकता सिर्जना गर्ने असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यकाविरुद्ध एकताबद्ध भइ राजनीतिक र कानुनी रुपमा सशक्त किसिमले प्रतिवाद गर्न हामी कटिबद्ध छौं ।’

संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीको दाबीसहित १४९ सांसदको हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपतिले मान्यता नदिएको भन्दै बैठकले आपत्ति समेत जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *