नगर्ने चुनाबकाे घाेषणा : बर्षमान
२०७८ जेठ ८ गते

काठमाडाैं । नेकपा माओबादी केन्द्रका नेता बर्षमान पुनले संसद विघटन र मध्यावधि चुनाव घाेषणा गर्न सरकारले गरेकाे सिफारिसकाे विराेध गरेका छन् ।
सरकारकाे सिफारिस लगत्तै सामाजिक सञ्जालमा प्रतिकृया दिंदै पुनले प्रधानमन्त्री केपी शर्मा ओली नेपालकाे संविधान मन नपराउने शक्तिकाे गाेटी बनेकाे र राष्ट्रपति विद्यादेवी भण्डारी ओलीकाे ‘गाेटी’ बनेकाे टिप्पणी गर्दै याे सिफारिसले लाेकतन्त्रमाथि प्रहार र जनभावना कुल्चने काम भएकाे टिप्पणी गरेका हुन् ।
उनले ट्वीटरमा लेखेका छन्- नेपालीले आफ्नो संबिधान बनाएको मन नपराउने शक्तिको डिजाइनमा केपी ओली गोटी बने भने केपीको गोटी बिद्या भण्डारी/ संबिधान च्यातियो,लोकतन्त्रमाथि प्रहार भयो र जनभावना कुल्चिने काम भयो/ नगर्ने चुनावको घोषणा/ भनिन्छ,अति भए,खती हुन्छ/
२०७८ जेठ ८ गते
प्रतिक्रिया
सम्बन्धित








